दफा ३६
ढुवानी सेवाको कारोबार गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धी विशेष व्यवस्था
(१) मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम दर्ता भएका निर्माण व्यवसाय गर्ने व्यक्तिले संवत्‌ २०७९ साल चैत मसान्तसम्मको आफूले बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण र कर नबुझाएको भए बुझाउन बाँकी कर विवरण, सो विवरण बमोजिमको कर र ब्याजको पचास प्रतिशत रकम संवत्‌ २०८० साल पुस मसान्तसम्म बुझाएमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम लाग्ने जरिबाना, थप दस्तुर र बाँकी ब्याज मिनाहा हुनेछ।
(२) उपदफा (१) बमोजिमका व्यक्तिले संवत्‌ २०७९ साल चैत मसान्तसम्मको आफूले बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण बुझाई कर दाखिला गर्न _मात्र बाँकी रहेको भएमा बक्यौता कर र ब्याजको पचास प्रतिशत रकम संवत्‌ २०८० साल पुस मसान्तसम्म बुझाएमा मूल्य अभिवृद्धि:कर ऐन, २०५२ बमोजिम लाग्ने थप दस्तुर र बाँकी ब्याज मिनाहा हुनेछ।